बजारमा पकड जमाएका फक्सवागेनदेखि होन्डाका यी कार अब उत्पादन बन्द हुँदै

बजारमा वर्षेनि सयौं नयाँ कार सार्वजनिक हुने गरेका छन् । त्यसमध्येका केही कार निक्कै चर्चित रहेका छन् भने केही कार उपभोक्ताको रोजाईमा पर्ने गरेको छैन । नयाँ कार आएसँगै पुराना कारमा उपभोक्ताको खासै रुची हुने गरेको छैन । 

यहाँ केही समयमा उत्पादन बन्द हुने वा बजारबाट हराउने कारकाबारेमा चर्चा गरिएको छ । भारतीय बजारमा कुनै बेला यी कार निक्कै चर्चित सवारीको रुपमा रहेका थिए । 

सुजुकी किजाशी


सुजुकीको यो कार कुनै बेला भारतीय बजारमा शक्तिशाली र विलासी कारका रुपमा चिनिन्थ्यो । किजाशीमा २.४ लिटर पेट्रोल इञ्जिन छ, जसले एक सय ७५ बीएचपी पावर दिन्छ । यो कार २०११ भारतीय बजारमा सार्वजनिक भएको थियो । २०१४ देखि सुजुकीले भारतमा यो कारको बिक्री रोकेको थियो । 

मारुती जेन कार्बन र स्टील


मारुतीले कम्पनीको पुरानो ह्याचब्याक कार जेन दुई प्लेट फर्ममा २००३ मा सार्वजनिक गरेको थियो । यी दुवै कारमा तीनढोका थियो । कम्पनीले यो कारको बिक्री निक्कै कम भएकाले छिट्टै उत्पादन बन्द गर्दैछ । 

फोर्ड फियस्टा फेसलिफ्ट


फोर्डले सेडान सेगमेन्टको फियस्टाको फेसलिफ्ट २०१४ मा भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो कारको स्पोर्टी डिजाइन सुरुवाती दिनमा निक्कै रुचाइएको थियो । तर, पछिल्लो समय यो कारको माग ज्यादै न्यून रहेको छ । यो कार कम्पनीले १ वर्षभित्रमा बन्द गरिसक्ने जनाएको छ । यो कारमा १.५ लिटर डिजेल इञ्जिन रहेको छ । 

फक्सवागन जीटीआई


फक्सवागनको ह्याचब्याक कार तुलनात्मकरुपमा शक्तिशाली छ । जीटीआईमा १.८ लिटर पेट्रोल इञ्जिन रहेको छ, जसले एक सय ८९ बीएचपी पावर दिन्छ । निर्यातका लागि महंगो भएको र भारतीय बजारमा उपभोक्ताले रुचाउन छाडेकाले उत्पादन बन्द हुने जनाइएको छ । 

स्कोडा फाबिया 


स्कोडाले प्रिमियम ह्याचब्याक कार फाविया २००८ भारतीय बजारमा सार्वजनिक गरेको थियो । १.६ लिटर इञ्जिन रहेको यो कारले एक सय बीएचपी पावर दिन्छ । बजारमा माग निक्कै कम भएपछि कम्पनीले दुई वर्षदेखि बिक्री गर्न छाडेको थियो । 

होन्डा मोबिलो


होन्डाको एमपीभीलाई उपभोक्ताले खासै रुचाएनन् । होन्डा ब्रियोको प्लेटफर्ममा निर्माण गरिएको मोबिलोमा १.५ लिटर पेट्रोल तथा डिजेल इञ्जिनमा यो कार उपलब्ध रहेको छ । यो कार मारुती इर्टिगासँग प्रतिस्पर्धीकारुपमा हेरिएको थियो । तर, उपभोक्ताले नरुचाएपछि २०१७ मा कम्पनीले यो कार उत्पादन बन्द गरेको थियो । यद्यपि, होन्डाले यसको रिप्लेसमेन्टमा हादै बीआर–भी बजारमा ल्याएको थियो ।


Back_to_top