ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर बने दीपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरियो ।

ऐरीले आफू ओमोडा एण्ड जेकोकोसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरे । उनले ओमोडा र जेइकोका ईभीहरू फ्युचररिस्टिक सेग्मेन्टमै उत्कृष्ट रहेको बताए ।

ओमोडा एण्ड जेकोको एनपीएलमा ‘ड्रिभन बाइ’ सहप्रायोजक बनेको थियो ।

 


Back_to_top