काठमाडौं । हिराले एक्सपल्स ४२१ को डिजाइन टे«डमार्क दर्ता गराएको छ । कम्पनीले भारतमा एक्सपल्स ४२१ को टे«डमार्क दर्ता गराएको हो ।
कम्पनीले हालै सम्पन्न मिलान अटो शो २०२४ मा लाइभ स्केच बनाउँदै एक्सपल्स ४२१ को डिजाइन सार्वजनिक गरेको थियो । यो मोटरसाइकलले हिमालयन ४५० र केटीएम एड्भेन्चर ३९० सँग प्रतिस्पर्धा गर्नेछ ।
रेगुलर एक्सपल्सको तुलनामा बिगर साजइमा हिरो एक्सपल्स ४२१ आउने छ । सार्वजनिक पेटेन्ट तस्वीरका अनुसार नयाँ एक्सपल्स ४२१ भने प्योर एड्भेन्चर डिजाइनमा आाउने भएको हो । यसको फ्रन्टमा ठूलो विन्ड स्क्रीन, फ्ल्याट डिजाइन एलईडी हेडल्याम्प, फ्युल ट्याङ्क एक्सटेन्डर, नकल गार्ड, टप बक्स र्याक, सिंगल पिस सिट, स्पोक ह्वील देख्न सकिन्छ ।
एक्सपल्स ४२१ मा टीएफटी डिस्प्ले, कनेक्टिभिटी फिचर, राइड मोड, स्वीचएबल एबीएस मोड, ट्याक्सन कन्ट्रोल, स्लिपर क्लच, यूससडी फर्क जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।

यो मोटरसाइकलमा ४२१ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन उपलब्ध हुनेछ । यो इन्जिनले ४० हर्षपावर र ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान हुनेछ । यो मोटरसाइकल २०२५ को अन्त्यसम्ममा प्रडक्सनमा आउने अनुमान गर्न सकिन्छ ।

