काठमाडौं । ओमोडाले नेपाली बजारमा बिक्री गर्दै आएको ई-फाइभ मोडलले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको छ । युरो एनक्यापले सार्वजनिक गरेको क्र्यास टेष्ट रिपोर्टमा ई-फाइभ मोडलले फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।
यसअघिको परीक्षणमा पनि ई-फाइभले फाइभ स्टार सेफ्टी रेटिङ नै पाएको थियो । अहिले भएको प्योर इलेक्ट्रीक मोडलले पनि फाइभ स्टार रेटिङ पाउन सफल भएको हो । आसियन एनक्यापको टेष्टमा पनि यसले फाइभ स्टार नै सेफ्टी रेटिङ पाउन सफल भएको हो ।
ओमोडा ई-फाइभको परीक्षण गर्दा एडल्ट यात्रुको सुरक्षामा ८८ प्रतिशत, चाइल्ड यात्रुको सुरक्षामा ८७ प्रतिशत अंक प्राप्त गरेको युरो एनक्यापले जनाएको छ ।
ओमोडा ई-फाइभ ७८ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिलको प्रयोगबाट तयार भएको छ । जसको कारण गाडी ठोकिँदा पनि त्यसको असर क्याविनमा कम पर्ने बताइन्छ ।
उत्कृष्ट सुरक्षासँगै ओमोडा ई-फाइभमा ४३० किमि रेन्ज दिने ब्याट्री उपलब्ध छ । साथै, गाडीको फास्ट चार्जिङ क्षमता पनि उत्कृष्ट छ । यसलाई ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल २८ मिनेट मात्रै लाग्छ ।


