काठमाडौं । टीभीएस मोटर्स इन्डियाले हालै भारतको गोवामा सम्पन्न ‘मोटोसोल २०२४’मा रोनीनको २०२५ भर्सन प्रदर्शन गरेको छ । कम्पनीले विभिन्न अपडेट सहितको नयाँ भर्सन रोनिन प्रर्दशन गरेको हो ।
कम्पनीले रोनीन २०२५ मोडल जनवरीमा हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको हो ।
टीभीएसले रोनीनको नयाँ भर्सनमा इन्जिन र मेकानिकल परिर्वतन गरेको छैन । रोनीनमा २२५ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २० हर्ष पावरका साथै १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ ।
कम्पनीले रोनीनमा नयाँ कलर अप्सन दिनुका साथै केही फिचरहरू थप गरेको छ । कम्पनीले मुख्य कुरा कनेक्टिभिटी फिचर थप गरेको छ । एबीएस मोड, ग्लाइड थ्रु ट्राफिक, एड्जष्टेवल ब्रेक÷क्लच लिभर, अल एलइडी लाइट, साइड स्याण्ड सेन्टर तथा साइलेन्ट स्टाट अप्सन उपलब्ध गराएको छ ।
हाल बिक्री भइरहेको रोनीनको सुरुवाती मूल्य १ लाख ३५ हजार भारतीय रुपैयाँ १ लाख ७३ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) रुपैयाँ रहेको छ । २०२५ मोडल रोनीनको मूल्य ६ हजार रुपैयाँसम्मले बढ्ने अनुमान गरिएको छ ।

