काठमाडौं । ओमोडा/जेको ब्राण्डको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ढिलो गरी बजारमा ल्याएको ओमोडा ई-५ डिलक्स भेरियन्टलाई ‘पर्फेक्ट कार, राइट प्राइस’ मान्न सकिन्छ ।
ब्याट्री, मोटर, सिट, स्टेरिङदेखि बडी डिजाइन एउटै भएको डिलक्स भेरियन्ट मूल्यको हिसाबले सिधै ६ लाख रुपैयाँ कम तोकेर बिक्री हुँदै आएको छ । तपाईंले ६ लाख रुपैयाँ कम रकम तिर्दा गाडीमा नपाउने फिचरको लिष्ट भने निकै कम छ ।
लग्जरी भेरियन्टमा रहेको सनरुफ, ३६० डिग्री क्यामेरा, पावर टेलगेट र पडल लाइट डिलक्स भेरियन्टमा उपलब्ध छैन । के यी फिचर नहुँदा डिलक्स भेरियन्टको ड्राइभिङ डाइनामिक्समा फरक पर्छ त ? पक्कै पर्दैन । यी मध्ये यदि ३६० डिग्री क्यामेरा भइदिएको भएको सुनमा सुगन्ध हुन्थ्यो । ३६० डिग्री क्यामेरा नभए पनि गाडीमा रहेको सेन्सरले अगाडि र पछाडि नै गाडी चलाउन सहज बनाएको छ ।
यस बाहेक गाडीमा आवश्यक मानिने सबै फिचर छन् । सनरुफ र पावर टेलगेटको प्रयोग कति नै हुन्छ र । साथै, स्पीकर पनि दुई वटा कम छ । तर, गाडीमा म्यूजिक बजाउँदा खासै फरक सुनिँदैन । यस बाहेक डिलक्स र लग्जरी भेरियन्टमा समान फिचर छन् । समान फिचर भएकै कारण रेन्ज, पावर र पर्फर्मेन्समा केही फरक छैन ।
ब्याट्री र रेन्ज
ओमोडा ई–५ मा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । डब्लूएलटीपीको रेन्ज कै हाराहारी नेपाली सडकमा पनि यसले रेन्ज दिन्छ । हामीले गरेको टेष्ट ड्राइभमा यसले ४२० किलोमिटरसम्म रेन्ज दिएको थियो ।
अन्य फिचर
कुप्पे डिजाइनमा तयार भएको ई-५ मा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । पावरको मामलामा पनि यो उत्कृष्ट क्रसओभर मोडल हो ।
निकै मोर्डन क्याबिन रहेको ई-५ को ड्यासबोर्डमा दुई वटा स्क्रीन जोडेर दिइएको छ । दुवै स्क्रीनको साइज १२.३ इन्च छ । एडाससहितको सेफ्टी फिचर उपलब्ध डिलक्स भेरियन्टमा एम्बियन्ट लाइट, १८ इन्चको ह्वील र १८० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
ओमोडा ई-५ ले ११ किलोवाटसम्मको एसी चार्जर र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । यदि गाडीमा ३० प्रतिशत चार्ज छ र ८० प्रतिशत गर्नु पर्छ भने केबल २८ मिनेट चार्ज गर्दा पुग्छ ।
अन्त्यमा, यदि तपाईं इलेक्ट्रीक एसयूभीको खोजीमा हुनुहुन्छ र तपाईंको बजेट ५५ लाख हो भने भने तपाईंलाई ई-५ उत्कृष्ट मोडल हुनसक्छ । अझ तपाईं कुप्पे डिजाइन कार मनपराउनेमा पर्नु हुन्छ भने ई-५ डिलक्स बेष्ट डिल हुनसक्छ ।
ब्लेड टेक्नोलोजी र ६१ किलोवाट आवर क्षमता भएको ब्याट्री भएको कम्प्याक्ट एसयूभीको मूल्य ५५ लाख ९९ हजार एक उत्कृष्ट डिल मान्न सकिन्छ ।


