काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले कम मूल्यको ओपाई वाईडब्लू ०३ स्कुटर विक्री सुरु गर्न लागेको हो ।
कम्पनीले ओपाई वाइडब्लू ०३ को मूल्य १ लाख ४९ हजार तोकेर विक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ । विद्युतीय स्कुटरहरु निकै महंगो भन्ने चर्चा भइरहेको समयमा जम्बो मोटर्सले कम मूल्यको स्कुटर ल्याएको हो ।
ओपाई वाइडब्लू ०३ मा २ किलोवाट पीक पावरको मोटर रहेको छ । यसमा ६० भोल्ट २३ एम्पायरको ग्राफिनी ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता ५५ किलोमिटर प्रति घण्टाको रहेको कम्पनीले जानकारी दिएको छ ।
स्कुटरको ब्याट्रीमा एक वर्षको वारेन्टी दिएको कम्पनीको भनाई छ । की–लेस स्टार्ट, डिजिटल क्लस्टर, डिस्क ब्रेक, एलईडी लाइट्स जस्ता फिचर वाइडब्लू ०३ स्कुटरमा उपलब्ध छ ।
जम्वो मोटर्स प्रालिले लेभनिङ, ओपाइ, जम्वो इलेक्ट्रीक ब्राण्डका स्कुटर आयात गर्दै आएको छ । काठमाडौंको गैह्रीधारामा कम्पनीले आफ्नो नयाँ शोरुम संचालनमा ल्याउने तयारी समेत गरिरहेको छ ।


