काठमाडौं । सरकारले असार मसान्तसम्मका लागि २५० सीसीभन्दा माथिका मोटरसाइकल आयात रोक्ने निर्णय गरेसँगै चालु आर्थिक वर्षमा यस्ता मोटरसाइकल कति आएका थिए भन्ने चासो हुनु स्वभाविक हो ।
विशेषत ठूला र विलासी मोटरसाइकलको सूचीमा यसअघि नै सरकारले यसलाई राखेर कर लगाउँदै आएको छ । चालु आर्थिक वर्षको ९ महिनाको आयातलाई हेर्दा २५० सीसी माथिका मोटरसाइकल ६ हजार ३१७ यूनिट आयत भएका छन् ।
त्यसमध्ये ४ यूनिट मोटरसाइकल भने ४०० सीसीभन्दा माथिका छन् । नेपाल आयात हुने २५० सीसी सेग्मेन्टका सबैजसो मोटरसाइकल २४९ सीसी क्षमताका छन् ।
आयात आकंडामा देखिएका मोटरसाइकल ३०० र ३५० सीसी क्षमतका हुन् । यो सेग्मेन्टमा बजाज डोमिनार ४००, केटीएम ३९०, बेनेली ३०२, अपाचे आरआर ३१०, बीएमडब्लू जी ३१० आर/जीएस, रोयल इनफिल्डका सबै मोटरसाइकल, जावाका सबै मोटरसाइकल, होन्डा सीबी ३५० हाइनेस/आरएस र सिआरएफ जस्ता मोटरसाइकल हुन् ।
नेपाली बजरमा बिषेश गरेर रोयल इनफिल्ड, जावा र बीएमडब्लूले ३०० सीसीभन्दा माथिका मोटरसाइकल मात्र विक्री गर्दै आएका छन् । यसका अलावा बेनेली, एमभीअगष्टा, होन्डा, टीभीएस, केटीएम, बजाज जस्ता ब्राण्डले केही मोडलका मोटरसाइकल ३०० सीसी भन्दा माथिका ल्याएका छन् ।


