काठमाडौं । यामाहा रेजेड आर-१२५ स्ट्रीट र्यालीको स्मार्ट कनेन्ट भर्सन नेपाल भित्रिएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरिरहेको ‘महा एक्सचेन्ज मेला’मा रेजेड आर-१२५ स्ट्रीट र्यालीको स्मार्ट कनेक्ट भर्सन सार्वजनिक गरिएको हो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लूले रेजेड आरलाई सर्वाधिक माइलेज दिने स्कुटर दावी गर्दै आएको छ । योसँगै रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको हो ।
यामाहा रेजेड आर-१२५ मा कम्पनीले कनेक्ट-एक्स फिचर दिएको छ । जसमा चालकको मोवाइलमार्फत आफ्नो स्मार्ट फोनलाई स्कुटरसँग कनेक्ट गरेर विभिन्न फिचरको प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले कनेक्ट-एक्स फिचरसहित आएको रेजेड आर-१२५ स्कुटरको मूल्यमा भने कुनै परिर्वतन गरेको छ । कम्पनीले यसको टप भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
अल न्यू रेजेड आर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा ट्युवलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । यो स्कुटरमा साइड स्यान्ड इन्जिन कट सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।


