काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक यात्रुवाहक बसमा आगलागी भएको छ ।
सोमबार अपराह्न सवा १२ बजेतिर त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।