टाटा सफारी ईभी ट्रिपल स्क्रीन र दुई ब्याट्री अप्सनमा आउने

काठमाडौं । टाटा मोटर्सको सबैभन्दा ठूला विद्युतीय सवारी सफारी एसयूभी ट्रिपल स्क्रीनमा आउने भएको छ ।

यही फेस्टिभ सिजनमा लन्च हुने सफारी ईभीको विवरणहरू बाहिरिन थालेका हुन् । हालै परीक्षणको क्रममा देखिएको सफारी ईभीको क्याबिनमा तीन वटासम्म डिस्प्ले अटाउनका लागि नयाँ ढाँचाको ड्यासबोर्ड रहेकाे स्पाइ तस्बिर बाहिरिएकाे हो ।

सफारी ईभीमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम रहने सम्भावना छ । माथिल्लो भेरियन्टहरूमा १२.३ इन्चको यात्री टचस्क्रीन पनि हुनसक्छ । जसको प्रयोग भिडियो स्ट्रिम गर्न, खेल खेल्न, संगीत नियन्त्रण गर्न र अन्य विभिन्न कार्यहरूका लागि गर्न सकिनेछ।

टाटा सफारी ईभीमा नयाँ फिचरहरूमा भीटुभी र भीटुएल चार्जिङ प्रणालीहरू रहने सम्भावना छ । जुन ब्याट्री प्याकको चार्ज स्तर ३० प्रतिशतभन्दा माथि भएसम्म उपलब्ध हुनेछन्।

साथै, अझ बढी एरोडाइनामिक बनावटका १९ इन्चका एलोय ह्वीलहरू पनि रहनेछन् । पहिलो र दोस्रो पङ्क्तिका सिटहरू भेन्टिलेटेड, दोस्रो पङ्क्तिका सिटका लागि विङ्ग्ड हेडरेस्ट, ड्यास क्यामसहितको डिजिटल आइआरभीएम, र दोस्रो पङ्क्तिका लागि रोलअप सन ब्लाइण्ड जस्ता अन्य सुविधाहरू रहने सम्भानवना छ ।

सफारी ईभी रियर ह्वील र अलह्वील दुवै ड्राइभ अप्सनमा आउने सम्भावना छ । दुवैमा पछिल्लो एक्सलमा १७५ किलोवाटको मोटर रहने छ । जसले ३१५ न्युनट मिटर टर्क प्रदान गर्ने पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर रहने छ ।

अलह्वील ड्राइभ भेरियन्टमा अगाडि ११६ किलोवाटको मोटर रहने छ । जसले १६४ न्युटन टर्क उत्पन्न गर्ने इन्डक्सन मोटर थपिनेछ । यसमा बुस्ट फङ्सन पनि हुनसक्छ । जसले पछिल्लो मोटरको टर्कलाई ३४० न्युटन मिटरसम्म बढाएर कुल टर्क ५०४ न्युटन मिटर पुर्याउन सक्छ।

सफारी ईभीको टप स्पीड रियल ह्वील भेरियन्टको प्रतिघण्टा १६० किमी र अलह्वीलको प्रतिघण्टा १८० किमी हुने सम्भावना छ । अलह्वील भेरियन्टले शून्य देखि १०० किमी प्रतिघण्टाको स्पीड ६.५ सेकेण्डमै भेटाउने छ । अलह्वील भेरियन्टले उच्च ग्राउण्ड क्लियरेन्सका साथै स्नोरग्रास, मड रट्स, स्याण्ड, र रक क्रल जस्ता टेरेन मोडहरू उपलब्ध हुने सम्भावना छ ।

टाटाले सफारी ईभीमा ह्यारियर ईभी जस्तै ब्याट्री विकल्पहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ । यो एसयूभी ६५ किलोवाट आवर र ७५ किलोवाट आवर ब्याट्री प्याकहरूमा उपलब्ध गराउन सकिन्छ । ह्यारियर ईभीको ठूलो ब्याट्री भर्सनले ६२७ किमीसम्म रेन्ज दिन्छ । यद्यपि, सफारी ईभीको ठूलो आकार र तीन पङ्क्तिको लेआउटका कारण यसको दाबी गरिएको रेन्ज अलि कम हुन सक्छ ।


Back_to_top