काठमाडौं । अमेरिकाको न्यूयोर्कमा रहेको टेस्लाको डिलर अगाडि गएर सयौं मानिसले प्रदर्शनी गरेका छन् । शनिबार भएको प्रदर्शनीमा ९ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
अमेरिकामा नयाँ राष्ट्रपतिमा डोनाल्ड ड्रम्पले सपथ लिएसँगै टेस्लाका सीईओ इलन मस्कको सक्रियतामा संघीय कर्मचारीको कटौती गर्दा कामबाट हात धोएका व्यक्तिहरूले टेस्लाको डिलर अगाडि गएर प्रदर्शन गरेका थिए ।
प्रहरीका अनुसार न्यूयोर्कमा भएको उक्त प्रदर्शनीमा सयौं व्यक्तिहरू सहभागी भएका थिए । ‘प्रोटेस्ट’मा सहभागी व्यक्तिहरूले ‘बर्न अ टेस्ला, सेभ डेमोक्रेसी’ ‘नो डिक्टेटर इन दी यूएसए’ जस्ता नारा लगाएका थिए ।
यस्तै, खालको प्रदर्शनी ज्याक्सनभिल, फ्लोरिडा, टुसान, एरिजोना जस्ता सहरहरूमा समेत भएको थियो । यो प्रदर्शनीका बारेमा टेस्ला र ह्वाइट हाउसका प्रवक्ताले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकी संघीय सरकारमा २३ लाख कर्मचारी कार्यरत रहेका छन् । ट्रम्पले जनवरी २० मा सरकार समालेपछि कम्तीमा पनि १ लाख कर्मचारीहरू निश्कासनमा परेका छन् ।

