काठमाडौं । फ्रेन्च ब्राण्ड प्युजोको दुई पाङ्ग्रे इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले प्युजोका स्कुटर नेपाल ल्याएको हो ।
कम्पनीले मूल्यसूची प्रकाशन गर्दै प्युजोका दुई प्रिमियम स्कुटर नेपालमा बिक्रीको लागि तयार रहेको जनाउ दिएको छ । यसअघि अग्नि मोटो इंकले जावा, यज्दी जस्ता मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीसँग अब प्युजो ब्रान्डको दुई पाङ्ग्रे साधनको आधिकारिक बिक्रेतामा नियुक्त भएको हो ।
कम्पनीले जारी गरेको मूल्य सूचीमा डिजागों र स्पीड फाइट ४ गरी दुई मोडलको मूल्य उल्लेख गरिएको छ । कम्पनीले डिजागोंको मूल्य ५ लाख ७१ हजार तोकेको छ । स्पीड फाइट ४ को मूल्य ६ लाख ३२ हजार रुपैयाँ निर्धारण गरेको छ । यी दुबै स्कुटर चीनमा उत्पादन भएको हुन् ।

कम्पनीले ल्याउने डिजागों १२५ सीसी क्षमताको रेट्रो क्लासीक डिजाइनको छ । स्पीड फाइट ४ स्पोर्टी डिजाइनमा तयार भएको स्कुटर हो ।
कम्पनीले केही समयपछि यी स्कुटरहरु नेपाली बजारमा बिक्री सुरु हुनेछ । यी स्कुटर उत्तरढोकामा रहेको शोरुमबाट बिक्री हुनेछ ।

