सियरा एसयूभी : ‘ग्लोबल टेष्ट, इन्डिया मेड’

काठमाडौं । टाटाले १९९१ मा पहिलो पटक बजारमा ल्याएको अफरोड एसयूभी सियराको नाम प्रयोग गरेर नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ सियराको कन्सेप्ट २०२३ मै देखाएको थियो ।

बुधबार सम्पन्न भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सियराको प्रोडक्सन मोडल सार्वजनिक भएको थियो । नयाँ सियरलाई ‘ग्लोबल टेष्ट, इन्डिया मेड’ जस्तो लाग्ने गरी टाटाले देखाएको हो ।

टाटाले सियरालाई ईभी, पेट्रोल र डिजेल गरी तीन फरक इन्धनबाट चल्ने गरी ल्याउन लागेको हो । भारत मोबिलिटी एक्स्पो २०२५ मा सानदार तरिकाले लन्च भएको सियरा सन् २०२५ को मध्यबाट बिक्रीमा आउने छ ।

कम्पनीले निकै मोर्डन डिजाइनमा तयार पारेको सियरा ईभी र आइसीई इन्जिनको डिजायनमा केही फरक पाउन सकिन्छ । यी दुईमा मुख्य फरक नै अगाडिको फेसियामा देखिएको छ । सियरा आइस भर्सनको नोजमा ग्लसी ब्ल्याक फिनिसिङ र बडी कलरकै बम्पर दिइएको छ ।

इलेक्ट्रीक भर्सनमा क्लिन क्लोज बम्पर र फङ्सनल एयर भेन्ट दिइएको छ । यसको ग्रिलमा भने थोरै टेक्सचर फिनिस देख्न सकिन्छ । दुवै भर्सन सियरामा कनेक्टेड एलईडी लाइटबार छ । लोअर ग्रिलमा सिल्भर कलरको स्कीड प्लेट पनि प्रयोग भएको छ ।

ईभी र आइस दुवैमा फरक डिजाइनको ह्वील प्रयोग भएको छ । सियराको सबैभन्दा फरक डिजाइन र्याप अराउण्ड रियर विण्डो हो । यो विण्डो रुफको कलरमा गएर मर्ज भएको छ । जसले गर्दा रियर स्पोइलरमा फ्लोटिङ इफेक्ट देखिएको छ ।

टाटाले सियरा एसयूभीको दुवै भर्सनमा फ्लस डोर ह्याण्डल, थिक ब्ल्याक ग्लसी क्लाइडिङ, फरक डिजाइनको बी पिल्लर र अपराइट डिजाइनको रियर इण्ड दिएको छ । तीन वटा स्क्रीन दिएको सियरामा फोर स्पोक स्टेरिङ ह्वील दिइएको छ ।

यसअघि देखाएको सियरा ईभीकोभन्दा केही फरक लुक्समा आएको आइस सियरा कम्पनीको ‘नयाँ एट्लास प्लेटफर्म’मा बनेको हो । यसमा १.५ लिटरको टर्बो पेट्रोल र २.० लिटर डिजेल इन्जिन रहने छ ।

टाटा मोटर्सले सियरा ईभीको ब्याट्री र मोटर साइजका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, यसको रेन्ज ५०० किलोमिटर माथि रहने बताएको छ । सियरा ईभी अल ह्वील ड्राइभ अप्सनमा समेत आउने सम्भावना छ ।


Back_to_top