काठमाडौं । पछिल्लो पटक नेपाली बजारमा प्रबेश गरेको चेरीको सहायक ब्राण्ड ओमोडा ई-फाइभ इलेक्ट्रीक मेरोअटोले लामो टेष्ट ड्राइभ गरेको छ । काठमाडौंदेखि इलामको फेदीसम्म चलाउने क्रममा हामीले खिचेका केही तस्बिरहरु तपाईहरु माझ साझा गर्न लागेका हौं ।
हामीले झण्डै ७०० किलोमिटर ओमोडा ई-फाइभलाई चलाएर हेरेका थियौं । त्यसक्रममा हामीले गरेको ड्राइभिङ अनुभवपछि सार्वजनिक गर्नेनै छौं । त्यस अगाडि केही तस्बिरहरु प्रकाशित गर्न लागेका हौं ।
प्रतिस्पर्धी सेग्मेन्टमा उपलब्ध रहेको ओमोडा ई-फाइभ अहिले ग्राहकलाई हस्तान्त्रण सुरु भएको छ । साथै, देशका विभिन्न भागमा डिलर नेटवर्क तयार गरेर गाडी बठाउने काम एपीजी अटोमोवाइल कम्पनीले गरिरहेको छ ।
पहिलो वर्ष नै १० प्रतिशत बजार हिस्सा ओगट्ने महत्वाकांक्षी योजनासहित आएको ओमोडा ई-फाइभका तस्बिरहरु हेर्नुहोस् ।










