पोकर रन नेपालको १४ औं सस्करण, १५० भन्दा धेरै रोयल इनफिल्ड राइडर सहभागी हुने

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर पोकर रन को १४ औं सस्करण आयोजना हुने भएको छ । १४ औं पोकर रनको प्रायोजकमा रोयल इनफिल्ड मोटरसाइकल रहेको छ ।

स्याफ्रेड समीटको आयोजनामा हुने पोकर रन चैत ३० गते काठमाडौं टूरिजम वोडबाट सुरु हुने भएको हो ।

क्लासीक मोटरसाइकल प्रेमिहरुले नेपाली नयाँ वर्षलाई स्वागत गर्दै महान उत्सवको रुपमा मनाउन उक्त पोकर रन कार्यक्रम आयोजना गर्दै आएका छन् ।

पोकर रन काठमाडौंदेखि पोखरासम्मको हुनेछ भने यो राइडमा रोयल इनफिल्डका मोटरसाइकल चालक मात्र सहभागी हुन पाउने छन् ।

यस राइडको मूख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले तास संग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ। पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक–एक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनि द्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ ।

यस पटकको पोकर रन नेपाल कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त अधिराज्य क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरु हुने आयोजकले जनाएको छ ।


Back_to_top