६ मिनेटमै इलेक्ट्रीक कार चार्ज गर्न सकिने प्रविधिको विकास !

काठमाडौं । दक्षिण कोरियाको पोहाङ्ग यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले मात्र ६ मिनेटमा बिद्युतीय कारको व्याट्री करिब करिब फुल चार्ज हुने प्रविधिको विकास गरेको दाबी गरेको छ । यूनिभर्सिटीको तर्फबाट अक्टोबर १९ तारिखमा उक्त दाबी प्रस्तुत भएको हो । यसलाई बिजनेश काेरियाले प्राथमिकता दिएर समाचार बनाएकाे छ ।

सोधकर्ता टिमको नेतृत्व गरिरहेका इन्जिनियरिङ्ग प्रोफेसर काङ्ग काङ्ग वूले आफ्नो टिमले विद्युतीय कार छिटो चार्ज हुने प्रविधिको विकास गरेको दाबी गरेका छन् । उनका अनुसार उनिहरुले बनाएको सामानको सहायताले कारको व्याट्री ६ मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुने छ ।

सोधकर्ता टिमले चार्जिङ र डिस्चार्जिङको समयमा हुने इनर्जी डेन्सिटी लसलाई रोकेर छिटो चार्ज गर्न सकिने दाबी गरेका छन् । त्यसको लागि आवश्यक पर्ने साधन उनिहरुले निर्माण गरिरहेका छन् ।

अहिले विद्युतीय कारको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको चार्जिङमा यो खोजले राम्रो काम गर्न सकेको खण्डमा पेट्रोलियम पदार्थ भरेको समयमा विद्युतीय कारहरु चार्जगर्न सकिने छ । यसले विद्युतीय कारको विश्वव्यापी प्रयोगलाई बढाउने छ ।

अहिले घरायसी विजुलीबाट ८ देखि १० घन्टामा र डिसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म चार्जगर्न ६० देखि ८० मिनेट लाग्ने गर्छ । डिसी फास्ट चार्जर महंगो टेक्नोलोजी भएकाले विश्वभर यसको प्रयोग बढ्न सकेको छैन ।


Back_to_top