धुँवाको मुस्लो फाल्दै गुड्छन अधिकांश गाडी, ५९ वटा चेक गर्दा ५० फेल

काठमाडौं । काठमाडौंमा उपत्यकामा गुड्ने अधिकांश सवारी साधन प्रदूषण मापदण्ड विपरीत संचालन भइरहेको पाइएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार कीर्तिपुरमा गरेको सवारी चेकजाँचमा यस्तो पाइएको हो ।

ट्राफिक प्रहरीका अनुसार ५९ वटा सवारी साधनलाई चेक गर्दा ५० वटा सवारी साधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने पाइएको हो । ती सवारी साधन प्रचलित कानुन अनुसार कारबाही गरिएको ट्राफिकले जनाएको छ ।

त्यस्तै, प्रहरीले आइतबार थानकोट क्षेत्रमा ६० गाडी चेकजाँच गर्दा ४० वटा फेल भएका थिए ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ । यसले दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन ट्राफिकले चालकलाई अनुरोध समेत गरेको छ ।


Back_to_top