पल्सरको सबैभन्दा पावरफुल मोडल अर्को हप्ताबाट नेपालमा विक्री हुने

काठमाडौं । नेपालको लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बहुप्रतिक्षित मोटरसाइकल पल्सर एन २५० नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले नेकेड स्पोर्टस् मोडल नेपालमा विक्री सुरु गर्न लागेको हो ।

अहिले बजाजले नेपालमा विक्री गर्ने सबैभन्दा ठूलो इन्जिन भएको पल्सर सिरिजमा २२० एफ रहेको छ । अब नयाँ पल्सर एन २५० नेपाल आएसँगै यो पल्सर सिरिजको सबैभन्दा ठूलो इन्जिन भएको मोटरसाइकल बन्नेछ ।

पल्सर एन २५० ले नेपाली बजारमा सुजुकी जिक्सर २५० र यामाहा एफजेड २५ सँग सिधा प्रतिस्पर्धा गर्ने छ । मोटरसाइकल नेपाल आउन लागेको विषयलाई पुष्टि गर्दै एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छाले भने, ‘केही दिन भित्रै हामी एन २५० मोटरसाइकल विक्री सुरु गर्दैछौं । अहिल्यै मूल्यको विषय टुङ्गीएको छैन । तथापि, उत्कृष्ट मूल्य अफर गर्ने छौं ।’

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । साथमा रहेको सिंगल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।
आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।

बजाजले पल्सर एन २५० मा वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ ।


Back_to_top