पीपीएलका उत्कृष्ट तिन खेलाडीले पाए टीभीएस अपाचे मोटरसाइकल

काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पीपीएल सम्पन्न भएको छ । उक्त प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने जगदम्बा मोटर्सले उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलका तिन उत्कृष्ट खेलाडीलाई टीभीएस अपाचे बाइकद्वारा सम्मान गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण केसी प्रत्येकले एक एकवटा टीभीएस अपाचेआरटीआर सिरिज प्राप्त गरे ।

उत्ृकष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण पश्चात दीपक अग्रवालले भने, ‘वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।’

पोखरामा सम्पन्न पीपीएल प्रतियोगिताको दोस्रो संस्करणमा टीभीएस अपाचे बाइक प्रायोजक रहेको थियो ।


Back_to_top