नेपालमा बिक्री हुने ४ महंगा एसयूभी, यस्तो छ मूल्य

काठमाडौं । महंगा गाडी धेरै मानिसको सपना हुन सक्छ । नेपालमा अहिले विभिन्न किसिमका यूरोपियन, अमेरिकन र जापानी ब्राण्डका लग्जरी गाडी बिक्री हुँदै आएका छन् ।

नेपालमा अहिले ६ करोड ५० लाख मूल्यसम्मका गाडीहरु बिक्री वितरण हुँदै आएका छन् ।

यो लेखमा हामीले आधिकारीक वितरक नियुक्ती बिना नेपाल ल्याएर बिक्री वितरण गर्दै आएको गाडीलाई यहाँ समावेस गरेका छैनौं ।

अहिले नेपालमा बिक्री वितरण गर्दै आएको लेक्सस्, बीएमडब्ल्यू, टोयोटा र जीपका गाडीहरु महंगो मूल्यमा बिक्री वितरण हुँदै आएको छ ।

अहिले नेपालमा महंगो मूल्यमा गाडी किन्न चाहनेको लागि बीएमडब्ल्यू एक्स ५, टोयोटा ल्याण्डक्रुजर भिएक्स–आर, जीप ग्राण्ड चेरोकी र लेक्सस एलएक्स ४५० डी उपलब्ध रहेको छ ।

यी गाडी मध्ये सबैभन्दा महंगो मोडल लेक्सस् एलएक्स ४५० डी रहेको छ । यसको मूल्य ६ करोड ५० लाख रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । टोयोटाको प्रिमियम ब्राण्ड लेक्ससका गाडी नेपालमा यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिक्री वितरण गर्दै आएको छ । सरकारले ५० हजार डलरभन्दा महंगा गाडी ल्याउन प्रतिबन्ध लगाएकाले अहिले यो गाडी तत्काल मगाउन सकिने अवस्था छैन ।

लेक्सस् एलएक्स ४५० डीमा ४६६१ सीसी क्षमताको डिजेल इन्जिन उपलब्ध रहेको छ ।

नेपालमा बिक्री हुने अर्को महंगो गाडी टोयोटा ल्याण्डक्रुजर भिएक्स–आर हो । यसमा ४४६१ सीसी क्षमताको इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य ४ लाख ५२ हजार रुपैयाँ तिरेर बिक्री वितरण गर्दै आएको छ । यो मोडललाई पनि ५० हजार डलरको सिमाले ल्याउन कठिन देखिएको छ ।

नेपालमा भर्खरै आएको जर्मन ब्राण्ड बीएमडब्ल्यू एक्स ५ महंगो मोडलमा पर्छ । यसको मूल्य ४ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको यो मोडल प्लगइन हाइब्रिड हो । यसलाई व्याट्रीबाट ७७ किलोमिटर चलाउन सकिन्छ भने यसमा २९९८ सीसी क्षमताको इन्जिन दिइएको छ ।

अमेरिकी एसयूभी एक्सपर्ट जीपको चर्चित एसयूभी ग्राण्ड चेरोकी नेपालमा किन्न सकिने अर्को महंगो मोडल हो । यसमा ३.० लिटर भि सिक्स इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य २ करोड ५९ लाख ९० हजार रुपैयाँ रहेको छ ।


Back_to_top