काठमाडौं । गाडी किन्नेले कति समयमा कर्जा स्वीकृति पाउँछन्, त्यो एकिन साथ भन्न सकिँदैन । तर, जगदम्बा मोटर्सले प्रोटोन इमास-७ किन्ने ग्राहकलाई ६० मिनेटमै कर्जा स्वीकृति दिने भएको हो ।
अहिले धेरै बैंक तथा वित्तिय संस्थाले महिनौसम्म कर्जा स्वीकृति नगरेको गुनासो आइरहेको समयमा जगदम्बा हायर पर्चेजले ६० मिनेटमै कर्जा दिने स्कीम ल्याएको हो ।
जगदम्बाले प्रोटोनको विद्युतीय कार किन्नेलाई गाडीको मूल्यको ६० प्रतिशत रकम ६० मिनेटमै उपलब्ध गराउने भएको हो ।
यति छिटो समयमा कर्जा स्वीकृति हुनको लागि आवश्यक कागजात के के चाहिन्छ होला भन्ने तपाईं सोच्दै हुनुहुन्छ भने त्यो पनि धेरै कुरा चाहिन्न । कम्पनीले बैंकले खोज्ने जस्तै डकुमेन्ट माग गर्छ । बैंकले खोज्ने बाहेक कुनै अतिरिक्त डकुमेन्ट हायर पर्चेज कम्पनीले माग गरेको छैन ।
के-के चाहिन्छ कागजात ?
कम्पनीले तोकेको ६० मिनेट भित्र कर्जा स्वीकृत हुन ७ वटा डकुमेन्ट दुरुस्त हुनुपर्छ । त्यसमा पहिलो डकुमेन्ट गाडी किन्ने र जमानी बस्नेको नागरिकता अनिर्वाय हुनुपर्छ । त्यस्तै पर्सनल प्यान कार्ड पनि अनिर्वाय चाहिन्छ ।
गाडी किन्ने र जमानी बस्ने दुवैको २/२ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । यदि गाडी किन्ने मानिस उपत्यका बाहिरको छ भने आफ्नो स्थानीय क्षेत्रको जमानीकर्ता ल्याउनु पर्ने कम्पनीले जनाएको छ ।
खरिदकर्ता व्यक्ति वा कम्पनी जो भए पनि उसको आम्दानीको स्रोत खुलेको हुनुपर्नेछ । आम्दानीको स्रोतमा तलब सिट, घरभाडा, व्यवसायिक आम्दानी जेसुकै हुन सक्नेछ । साथै, कम्पनीले खरिद गर्ने हकमा अडिट रिपोर्ट, कर चुक्ता र व्यवसायको प्रोजेक्सन रिपोर्ट अनिर्वाय चाहिन्छ । विभिन्न निकायमा दर्ता भएको प्रमाणपत्रको कपी चहिन्छ ।
सम्पूर्ण बिबरण थाहापाउन यहाँ क्लिक गर्नुहोला ।
कर्जा स्वीकृति मागकर्ताको घर अवलोकन र बसोबास प्रमाणित गर्ने कागजात हुनु पर्नेछ । माथि उल्लेख भएका डकुमेन्ट पूरा गरेर निवेदन दिएको खण्डमा ६० मिनेट भित्रै कर्जा स्वीकृति हुनेछ ।