भाडाका सवारी साधनले करमा ५० प्रतिशत छुट पाउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले भाडाका सवारी साधनलाई सवारी करमा ५० प्रतिशत छुट दिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा उक्त छुट घोषणा गरिएको हो ।

‘भाडाका बस, मिनीबस तथा माइक्रोबस जस्ता सवारी साधनमा यातायात प्रशासनले तोके बमोजिमको स्टीकर वा सूचना टाँस गरी विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिगत सहुलियतको रुपमा भाडामा छुट दिए बापत त्यस्ता सवारी साधन धनीले तिर्नुपर्ने सवारी धनी करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु,’ उनले बजेट वक्तव्यमा भनेका छन् ।

त्यस्तै, सरकारी कार्यालयमा मर्मत सम्भार गरी पुनः प्रयोगमा आउन नसक्ने अवस्थामा रहेका पुराना सवारी साधन लिलाम गरी लगत कट्टा गर्दा पछिल्लो २ वर्षको सवारी साधन कर बाहेक अन्य दस्तुर तथा जरिवान नलिने व्यवस्था गरिएको छ ।


Back_to_top