लुम्बिनीमा सवारी नवीकरण गर्दा जरिवानामा ७५ प्रतिशत छुट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवानामा ७५ प्रतिशत छुट दिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा उक्त छुट घोषणा गरिएको हो ।

‘कानुन बमोजिम तोकिएको समयभित्र नवीकरण नभएका सवारी साधन संवत् २०८२ पुस मसान्तसम्म नवीकरण हुन आएमा लागने कर लिई जरिवानाको ७५ प्रतिशत छुट गर्ने व्यवस्था मिलाएको छ,’ मन्त्रीले बजेट वक्तव्यमा भनेका छन् ।


Back_to_top