भारतमा पल्सर १२५ को बिक्री ४० हजार पुग्यो, बन्ला नेपालमा ?

काठमाडौं । बजाजले  पल्सर सिरिजमा सबैभन्दा कान्छो मो८ल ‘पल्सर–१२५’ दुई महिनाअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो दुई महिनाको अवधि (अगस्ट र सेप्टेम्बर)मा कम्पनीले ४० हजार यूनिट पल्सर १२५ बिक्री गरेको तथ्यांक बाहिर आएको छ । यस्तोमा नेपाली बजारमा पल्सर १२५ आउँछ वा आउदैन भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

नेपाली बजारमा बजाजका मोटरसाइकल हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिक्री वितरण गर्दै आएको छ भने हुलास अटो क्राफ्टले उत्पादन गर्दै आएको छ ।

बजाज नेपाली बजारमा एसेम्बल हुने एक मात्र ब्राण्ड हो । बजाजले अहिले एभेन्जर सिरिजका दुई मोडल बाहेक अन्य सबै मोडलहरु नेपालमै उत्पादन गर्दै आएको छ । यस्तोमा १२५ सीसी पल्सर बनाउँछ वा बनाउँदैन भन्ने बिभिन्न आँकलन भइरहेको छ ।

हुलास अटो क्राफ्ट स्रोतका अनुसार तत्काल नेपालमा पल्सर सिरिजको नयाँ मोडल १२५ उत्पादन हुने छैन । यसको मतलव हो पल्सरको १२५ सीसी क्षमताको मोटरसाइकल नेपाली बजारमा आउने छैन ।  

यस्तो छ पल्सर १२५

पल्सर १२५ मा नयाँ ग्राफिक तथा नयाँ स्प्लिट सिट दिइएको छ । नयाँ पल्सर १२५ मा १२४ सीसी क्षमताको इन्जिन जडान गरिएको छ ।

उक्त इन्जिनले ८५०० सय आरपीएममा १२ पीएसको पावर र ६५०० सय आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको फन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । ५ स्पीडको गियरबक्स रहेको छ । यसमा ११ लिटर फ्यूल ट्याङक रहेको छ भने १७ इन्चको अलाय ह्वील दिइएको छ । 


Back_to_top