काठमाडौं । नेक्डस्ट्रीट फाईटर पल्सर २००एनएसमा धेरै संशोधन गरेर नयाँ रुप दिने प्रयास गरिएको छ । यस मोटरसाइकलको संशोधन इएल साल्भाडोरमा गरिएको हो । र यसमा एक ठूलो सबउफर लगाइएको छ । यो संशोधित पल्सर २०० एनएसमा इन्जिन फिएरिङ लगाइएको छ । यसले बाइकलाई नयाँ रुप प्रदान गरिएको छ ।
सेतो रङ्ग दिइएको यस मोटरसाइकलमा ४६ वटा स्टिकरहरूको प्रयोग गरेर आकर्षक बनाउन खोजीएको छ । मोडिफाइपछि यसको बनोट निकै स्पोर्टी देखिएको छ ।
यसमा पहिला दिइएको सिटलाइ हटाएर सबउफर फिट गरिएको छ । सबउफरको प्रयोगपछि संशोधित पल्सर २०० एनएसको मुख्य आकर्षण यसको संगीत प्रणाली भएको छ ।
संगीत प्रणालीलाई अगाडिको सीटमुनी राखिएको छ । साथै, संशोधित पल्सर २००एनएसको एलइडी लाइट मोटर्सले हेडलेम्प्समा इन्डिकेटर र बटममा अन्य लाइटहरु थप गरिएको छ ।