काठमाडौ । शैलुङ गाउँपालिका, दोलखाका अध्यक्ष भरत प्रसाद दुलालले मुडे–मैलुङ सडकको ठेक्का सम्झौंता खारेज गरेर गाउँपालिकाले आफै बनाउने निर्णय गरेका छन् ।
अध्यक्ष दुलालले मुडे–मैलुङ सडक निर्माण जिम्मा लिएको श्री कन्ञ्चनजंघा/लामा विल्डर्स जे.भीले २०७१ साल असार ३१ मा निर्माण गर्नेगरि लिएको ठेक्का अनुसार काम नगरेकाले उसको ठेक्का रद्दकोलागि पत्र लेखेका छन् । गाउँपालिकाको लेटर प्याडमा काटिएको पत्र कसलाई लेखिएको हो खुलाइएको छैन ।
अहिलेसम्म ठेकेदारले २६ प्रतिशतमात्र काम गरेकाले अब त्यो ठेक्का रद्दगरी गाउँपालिका आफैले निर्माण गर्ने पत्रमा उल्लेख गरेका छन् ।

