सस्तो हुन थाले २५० सीसीका बाइक, नयाँ आएका दुई मोडलमा कुन राम्रो ?

काठमाडौं । नेपालमै एसेम्बल हुन थालेसँगै २५० सीसी माथिका मोटरसाइकलको मूल्य निकै आकर्षक हुन थालेको छ । स्वदेशमै एसेम्बल गर्दा २५० सीसीका मोटरसाइकलको मूल्य ५० हजारदेखि १ लाख रुपैयाँसम्म सस्तिन थालेको हो ।

केही दिनअघि मात्रै बजाज र सीएफमोटोले नेपाली बजारमा २५० सीसीका मोटरसाइकल सार्वजनिक गरेको छन् । यी दुवै मोटरसाइकल नेपालमा एसेम्बल भएका हुन् । त्यसैले यिनको मूल्य पनि सस्तिएको छ ।

नेपालमा सीएफमोटोको मोटरसाइकल बिक्री गर्दै आएको ऋषि ट्रेड सेन्टरले २५० एनके मोडलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पल्सर एन २५० को मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ । बजाजले विगत ६ वर्षदेखि नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएको छ ।

यी दुवै मोटरसाइकल स्ट्रिट फाइटर डिजाइनमा तयार भएका मोटरसाइकल हुन् । २५० सीसी सेग्मेन्टमा फिचर लोडेड यी दुवै मोटरसाइकल एक अर्काका प्रतिस्पर्धी पनि हुन् ।

बजारमा नयाँ आएका यी दुई मोटरसाइकलमा रहेको समानता र भिन्नतालाई हामीले यहाँ चर्चा गरेका छौं ।

डिजाइन

सीएफमोटो २५० एनके डिजाइनको आधारमा पल्सर एन २५० भन्दा एग्रेसिभ छ । २५० एनकेको फ्रन्टमा सिल्क एलईडी हेडलाइट दिइएको छ । पल्सर एन २५० मा बगआई हेडल्याम्प पाउन सकिन्छ ।

यी दुवै मोटरसाइकलमा स्प्लीट सिट दिइएको भए पनि पल्सर एन २५० को तुलनामा २५० एनकेका सिट मोर्डन देखिन्छ ।

डाइमेन्सन

बजाज पल्सर एन-२५० को लम्बाइ १९८९ एमएम, चौडाइ ७४३ एमएम, उचाइ १०५० एमएम, ह्वीलबेस १३५१ एमएम र ग्राउण्ड क्ल्यिरेन्स १६५ एमएम छ । यसको कुल तौल १६२ किलोग्राम छ ।

त्यस्तै, सीएफमोटो २५० एनकेको लम्बाइ १९९० एमएम, चौडाइ ७८० एमएम, उचाइ १०७० एमएम, ह्वीलबेस १३६० एमएम र ग्राउण्ड क्ल्यिरेन्स १५० एमएम छ । यसको कुल तौल १५१ किलोग्राम छ ।

ब्रेक/सस्पेन्सन

दुवै मोटरसाइकलको अगाडि/पछाडि डिस्क ब्रेक छ । सीएफमोटो २५० एनकेको फ्रन्टमा २९२ एमएम र रियरमा २२० एमएम साइजको डिस्क ब्रेक छ । यसको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक यूएसडी र रियरमा मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएम साइजको डिस्क ब्रेक छ । २५० एनकेमा जस्तै ३७ एमएम टेलिस्कोपिक यूएसडी र रियरमा मल्टिस्टेप एड्जष्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

दुवै मोटरसाइकलमा डबल च्यानल एबीएस सुरक्षा फिचर उपलब्ध छ ।

इन्जिन

सीएफमोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन छ । यसले ९ हजार ७५० आरपीएममा २७.४ बीएच पावर र ७ हजार ५०० आरपीएममा २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८ हजार ७५० आरपीएममा अधिकतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६ हजार ५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

इन्धन/माइलेज

सीएफमोटो २५० एनकेमा १२.५ लिटर क्षमातको इन्धन ट्याङ्क दिइएको छ । पल्सर एन २५० मा १४ लिटर क्षमातको इन्धन ट्याङ्क पाउन सकिन्छ । दुवै मोटरसाइकलको माइलेज ३० देखि ३५ किलोमिटर हाराहारीमा पाइने कम्पनीहरूको दाबी छ ।

फिचर

सीएफमोटो २५० एनकेमा इको र स्पोर्टस् गरी दुई राइड मोड दिइएको छ । यसमा सबै एलइडी लाइटको प्रयोग गरिएको छ । यसमा फुल डिजिटल कन्सोल दिइएको छ । साथै, स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।

त्यस्तै, पल्सन एन २५० मा तीन एबीएस मोडल उपलब्ध छ । यसमा सबै लाइटहरू एलईडी प्रयोग गरिएको छ । साथै, फुल डिजिटल कन्सोल, कनेन्ट फिचर, स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर एन २५० पाउन सकिन्छ ।

तपाईंको रोजाइमा कुन ?

यदि तपाईं पावरफुल र एग्रेसिभ मोटरसाइकलको खोजीमा हुनहुन्छ भने सीएफमोटो २५० एनके रोज्न सक्नुहुन्छ । यसको पावर पल्सरको तुलनामा धेरै छ ।

होइन तपाईं कम मूल्यमा २५० सीसी फिचर लोडेड मोटरसाइकल खोज्दै हुनुहुन्छ भने पल्सर एन २५० रोज्न सक्नुहुन्छ । पल्सर एन २५० सीएफमोटो २५० एनकेको तुलनामा ५० हजार रुपैयाँ कममा उपलब्ध छ ।


Back_to_top