काठमाडौं । बजाजको लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द प्रालिले आर्थिक वर्ष २०७६/७७ को साउन महिनादेखि हालसम्म पल्सर एनएसलाई चार भेरियन्टमा बजारमा उतारेको छ ।
जसमा सुरुदेखि बिक्री हुँदै आएको पल्सर एनएस २००, पल्पर एनएस २०० एफआई, पल्सर एनएस २०० एबीएस र पल्सर एनएस २०० एबीएस र एफआई । ग्राहकले आफ्नो आवस्यकता र चाहना अनुसारको पल्सर एनएस २०० खरिद गर्न सकुन् भनेर विभिन्न अप्सनमा ल्याएको जनाएको छ ।
नेपाली बजारमा सर्बाधिक रुचाइएको एनएस २०० को एबीएस र एफफाई भर्सनले निकै राम्रो चर्चा पाउन सुरु गरिसकेको छ । यो पल्सर एनएस २०० सिरिजकै सबैभन्दा महंगो भेरियन्ट हो । यो मोटरसाइकलको मूल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
मोटरसाइकलमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचार्इ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।
यसको टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने जनाइएको छ ।
यसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ ।
मोटरसाइकलमा एक्जुलरि लाइट, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता समेटिएको छ । यसले केटिएम २०० ड्युक र टिभीएस अपाची आरटीआर २०० फोरभी एफआइसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा एनएस २०० थप तीन भेरियन्टमा किन्न सकिने छ । रेगुलर मोडलको मूल्य ३ लाख १९ हजार ९००, एनएस २०० एफआईको ३ लाख ३४ हजार ९ सय र एनएस २०० एबीएस भर्सनको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।

