नयाँ अफरमा बजाज एनएस २०० किन्दा कति पर्छ ? यस्तो हुन्छ मासिक किस्ता

काठमाडौं । बजाज कोभिड १९ पछि आफ्नै सबै मोटरसाइकल किन्ने ग्राहकलाई विभिन्न अफर दिएको छ । यस्तोमा बजाजको पल्सर सिरिजकै चर्चित मोटरसाइकल एनएस २०० किन्दा कुन अफर राम्रो हुन्छ भन्ने विषयमा यहाँ तुलनमा गरिएको छ ।

नेपालको बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द प्रालिले गत बर्षदेखि पल्सर एनएसलाई चार भेरियन्टमा बजारमा बिक्री गरिरहेको छ ।

जसमा सुरुदेखि बिक्री हुँदै आएको पल्सर एनएस २००, पल्पर एनएस २०० एफआई, पल्सर एनएस २०० एबीएस र पल्सर एनएस २०० एबीएस र एफआई रहेको छ ।

नेपाली बजारमा सर्बाधिक रुचाइएको एनएस २०० को एबीएस र एफफाई भर्सनले निकै राम्रो चर्चा पाउन सुरु गरिसकेको छ । यो पल्सर एनएस २०० सिरिजकै सबैभन्दा महंगो भेरियन्ट हो ।

कति पर्छ मूल्य र किस्ता

बजाज पल्सर एनस २०० को टप भेरियन्ट एफआई एबीएसको मूल्य ३ लाख ५६ हजार ९ सय रुपैयाँ रहेको छ । बजाजले हालै सार्वजनिक गरेको योजनामा यो मोटरसाइकल विभिन्न अफर अन्तर्गत खरिद गर्न सकिन्छ ।

साधारण अबस्थामा मोटरसाइकल खरिद गर्दा ग्राहकले यसको मूल्यमा नगद १२ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । यस अन्तर्गत ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ भने बाँकी रकम २ बर्ष भित्र चुक्ता गर्नु पर्नेछ । यसमा १६ प्रतिशत व्याज लाग्नेछ । यस योजनामा मोटरसाइकल किन्न चाहने १ लाख ३७ हजार ९६० रुपैयाँ तिरेर मासिक किस्ता ८ हजार ६ सय रुपैयाँ तिर्नेगरि किन्न सक्ने छन् ।

यही योजना अन्तर्गत शून्य प्रतिशत व्याजदर स्किममा मोटरसाइकल खरिदगर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने हुन्छ । ग्राहकले १ लाख ७८ हजार ४५० रुपैयाँ सुरुमा बुझउनु पर्नेछ । बाँकी रकम एक वर्षमा चुक्ता गर्नु पर्नेछ । यो योजनामा कुनै व्याज लाग्ने छैन । यसमा मासिक किस्ता १४ हजार ८७० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

त्यस्तै अर्को स्किम अन्तर्गत न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गरेर एनएस खरिद गर्न सकिने छ । ७१ हजार ३८० रुपैयाँ बुझाएर एनएस किन्दा बाँकी रकम २ बर्ष भित्र बुझाउनु पर्नेछ । यस योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । यो योजनामा मासिक किस्ता सरदर ११ हजार ९ सय रुपैयाँ पर्न आउँछ ।

यस्ता छन् फिचर

मोटरसाइकलमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

यसको टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने जनाइएको छ ।
यसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ ।

मोटरसाइकलमा एक्जुलरि लाइट, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता समेटिएको छ ।

एनएस २०० का अन्य भेरियन्टको मूल्य

नेपाली बजारमा एनएस २०० थप तीन भेरियन्टमा किन्न सकिने छ । रेगुलर मोडलको मूल्य ३ लाख १९ हजार ९००, एनएस २०० एफआईको ३ लाख ३४ हजार ९ सय र एनएस २०० एबीएस भर्सनको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।


Back_to_top