काठमाडौं । प्योर इभीले उपत्यका बाहिर दुई नयाँ स्थानमा आफ्नो सोरुम विस्तार गरेको छ । कम्पनीले एकै दिन हेटौंडा र बर्दिबासमा नयाँ सोरुम संचालनमा ल्याएको हो । योसँगै कम्पनीको शोरुमको संख्या १३ पुगेको छ ।
भारतीय इलेक्ट्रीक स्कुटर प्योर इभीको नेपालका लागि आधिकारी विक्रेता ह्वाइट लोटसले हेटौंडामा बाघ भैरव ई–मोटर्स र बर्दिबासमा श्रेष्ठ इन्टरप्राइजेजलाई आफ्नो आधिकारिक सोरुममा नियुक्त गरेको हो ।
हालसम्म कम्पनीले गठ्ठाधर, गावहाल, टेकु, नक्साल, बुटवल, नारायणगढ, कावासोती, वीरगंज, जनकपुर, इटहरी, बिर्तामोड, बर्दिवास र हेटौंडामा आफ्नो सोरुम संचालनमा ल्याएको हो ।
ह्वाइट लोटसले हाल नेपाली बजारमा ३ मोडलका स्कुटर विक्री गर्दै आएको छ । जसमा ई–प्लुटो ७ जी, इट्रान्स प्लस र इन्ट्रान्स निओ रहेको छ । कम्पनीले विक्री गर्ने ई–प्लुटो ७ जीको मूल्य २ लाख ६० हजार, इन्ट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ र इट्रान्स निओको मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

