यामाहा मोटर इन्डियाले चर्चित मोटरसाइकल वाईजेड–आर–१५ भी २.० मोटरसाइकलको उत्पादन तथा बिक्री–वितरण बन्द गरेको छ । कम्पनीले भारतीय बजारमा करिब ६ महिना अगाडि आर–१५ भी ३.० मोटरसाइकलको बिक्री सुरु गरेसँगै आर–१५ भी २.०को उत्पादन नै बन्द गरेको छ ।
यो मोडल कम्पनीलाई सफलता दिलाउने महत्वपूर्ण मोडलको रुपमा परिचित छ । यसको थर्ड–जेनेरेशनलाई परफर्मेन्स, डिजाइन तथा योजनाको हिसाबले अलग लेभलमा निर्माण गरिएको कम्पनीले दाबी गर्दै आएको छ ।
कम्पनीले २.० भर्सनको बिक्री–वितरण रोकेपनि १.० भर्सनको बिक्री यथावत् राख्ने निर्णय गरेको छ । यामाहाले आफ्नो लाइनअपमा सबैभन्दा पुरानो तथा लेटेस्ट मोडल बेच्ने रणनीति बनाएको हो । यामाहा वाईजेडएफ–आर–१५ लाई सन् २०१४ मा सार्वजनिक गरिएको थियो । यसको फस्र्ट जेनेरेशन एफजेड–१६ र एफजेड–एससँगै बिक्री–वितरण भएको थियो ।
आर–१५ लाई एक दशक पहिला १५० सीसी सेग्मेन्टमा निर्माण भएको अफोर्डेभल परफर्मेन्स मोटरसाइकलको रुपमा लिइन्छ । फस्र्ट–जेनेरेशन मोडल आर–१५ बाइक २०१५ मा दोस्रोपटक सार्वजनिक भएको थियो ।

