काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको आइएमई इलेक्ट्रीकले भर्खरै सकिएको चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रीक स्कुटर विक्री गरेको जनाएको छ ।
कम्पनीले राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रीक स्कुटर नेपाल ल्याएर विक्री वितरण गर्दै आएको छ । राफ्ट स्कुटरहरुले सिंगल चार्जमा नै ३ सय २० किलोमिटरसम्म रेन्ज दिने भएकोले ग्राहकले मन पराएको कम्पनीले जनाएको छ ।
पेट्रोल स्कुटरको तुलनामा निकै सस्तो संचालन खर्च रहेका राफ्ट इलेक्ट्रीक स्कुटर प्रतिकिलोमिटर ३० पैसा लागतमा चलाउन सकिन्छ । यो स्कुटर चलाउने ग्राहकले ३ वर्षमा करिब २ लाख ५० हजार रुपैयाँ इन्धन खर्च मात्रै बचाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
राफ्टका स्कुटरमा फायरपु्रफ ब्याट्री, रिभर्स गियर, मल्टी ड्राइभिङ मोड, फास्ट चार्जर सपोर्ट, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ जस्ता विशेषता पाउन सकिन्छ ।
राफ्टका स्कुटरको बारेमा आइएमई इलेक्ट्रीकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक भन्छन्, ‘मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार छ । यो बजार उपलब्ध मध्ये सबैभन्दा किफायती इलेक्ट्रीक स्कुटरमा पर्छ ।’
विक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रीकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।


