काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहेका राजन खनालाई अर्थ मन्त्रालय ल्याइएका छन् ।
भारत भ्रमण निस्कुन अघि प्रधानमन्त्री केपी ओलीले विभिन्न सचिवहरुको सरुवा गर्नेक्रममा अर्थ सचिव रहेका शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
२ वर्ष अर्थमन्त्रालयमा राजश्व सचिवको जिम्मेवारी सम्हालिसकेका खनाल गएको असारमा अख्तिायार लिइएको थियो ।
यसअघि केपी ओली नेतृत्वकै सरकारका पालामा खनाललाई सचिव हुने आँकल गरिएको थियो । तर पौडेलले लोकदर्शन रेग्मीलाई सचिव बनाएर खनाललाई राजश्व सचिवमै सिमित गरेका थिए ।
राजश्व सचिव शिशिर ढुंगाना भने यथावत रहेका छन् ।