र्‍याली अफ हिमालयन ४ का विजेतालाई अल्फा अटोमोटिभको सम्मान

काठमाडौं । र्‍याली अफ हिमालयन ४ का विजेता दीपक साहलाई रोयल इनफिल्डले सम्मान गरेको छ । भारतमा आयोजना भएको उक्त आयोजनामा प्रथम भएका दीपकलाई कम्पनीले सम्मान गरेको हो ।

अक्टोबर २ देखि ६ सम्म आयोजना भएको र्‍यालीमा ४५० सीसी क्टगोरीमा साहले पहिलो स्थान हासिल गरेका हुन् ।

र्‍यालीमा सहभागी भएका दीपकलाई रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभसले सहयोग गरेको थियो ।

कम्पनीले र्‍याली विजेता साहलाई ९५ हजार रुपैयाँ नगद र सम्मान पत्रले सम्मान गरेको हो । साहले आफूले शोखले रोयल इनफिल्ड मोटरसाइकल चलाउन सुरू गरेको र अहिले विभिन्न कार्यक्रममा सहभागी हुँदै विजेता बनेर देशलाई चिनाउन पाउँदा खुसी लागेको बताए ।

रोयल इनफिल्डले आगामी दिनहरूमा समेत यस्ता राइडहरूलाई प्रोत्साहन गर्दै जाने अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले बताए ।


Back_to_top