काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को नेपाल र बंगलादेश बीच खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो ।
कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्रमा पार्किङस्थल तोकिएको छ।
त्यस्तै, धरहरामा र काठमाडौं भ्यूटावर (पुरानो बसपार्क)मा पनि सवारीसाधन पार्किङ गर्न सकिने छ ।
नेपाल-बंगलादेश बीचको खेल आज साँझ साढे ६ बजे दशरच रंगशालामा सुरू हुनेछ ।