रेन्ज रोभर भेलार ईभी परीक्षणमा, चाँडै बजारमा आउँदै

काठमाडौं । वेलायती लग्जरी अटोमोबाइल कम्पनी जागुवार ल्याण्ड रोभरले आफ्नो लग्जरी एसयूभीलाई इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ ।

रेन्ज रोभरको भेलारको ईभी परीक्षणका क्रममा देखिएको हो । सन् २०१७ मा डेब्यू भएको रेन्ज रोभर भेलारको नयाँ जेनेरेशन समेत छिटै लन्च हुने अनुमान गरिएको छ ।

हालै बाहिरिएको ‘स्पाई सर्ट’का अनुसार भेलार ईभीमा अहिलेको मोडलमाभन्दा धेरै स्टाइलको अपग्रेड भएको देखिन्छ । भेलार ईभीमा रिडिजाइन फेसिया सहितको स्वीपब्याक हेडल्याम्प रहेको छ । यसमा फ्ल्स डोर ह्याण्डल रहेको छ भने सार्प सोल्जर लाइनको इभुलुसनरी अपडेट भएको छ । त्यस्तै, रियरमा कनेक्टेड एलईडी टेलल्याम्प तथा रेन्ज रोभरको इम्बेलम समेत दिएको देखिन्छ ।

यसको इन्टेरियरमा प्रस्ट नदेखिएता पनि यो ईभीमा इन्फोटेन्मेन्ट तथा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ठूलो साइजको स्क्रीन रहेको अनुमान गरिएको छ । यसमा अघिल्लो मोडलकोभन्दा केही कम संख्यामा फिजिकल बटनहरू रहेको छ ।

भेलार ईभी कम्पनीको इलेक्ट्रीक मोडुलर आर्किटेक्चर (ईएमए) मा आधारीत रहेको छ । यसको मोटर तथा ब्याट्रीप्याकको बारेमा आधिकारिक डाटाहरू सार्वजनिक भएको छैन । भेलार ईभीका ग्लोबल डेब्यू आगामी वर्षको सुरूआतमा हुने अनुमान गरिएको छ।

जागुवार ल्याण्ड रोभरले भारतको तामिडनाडुमा नयाँ टाटा मोटर्स जेएलआर प्लाण्टको गत सेप्टेम्बर २८ मा शिलान्यास गरेको छ । यसको लागत ९ हजार करोड भारतीय रुपैयाँ लाग्ने बताइएको छ । यो प्लाण्टमा ईएमए आर्किटेक्चरमा आधारीत टाटा तथा जेएलआरका ईभीहरू उत्पादन हुनेछ ।

 


Back_to_top