नेपालमा न्यूहोल्याण्ड एग्री कल्चर तथा कन्स्ट्रक्शन इक्युप्मेन्टहरु बिक्री—प्रबर्धन गर्न भुषाल समूह अन्तर्गतको बीएस मोर्टस र राशी अटोमोवाइल्स बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बीएस मोर्टसले न्यू होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टहरु आयात मात्र गर्ने र राशी अटोमोबाइल्स र यस अन्र्तगत रहेका डिलरहरुले ग्राहकलाई न्यूहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टहरु बिक्री–वितरण गर्नेछन् ।
बालकृष्ण भुषालको नेतृत्वमा रहेका भुषाल समूहले बुटवलमा आधारित रहि आफ्नो व्यापारिक कृयाकलाप गर्दै आएको छ । यस समूह अन्तर्गतका विभिन्न कम्पनीहरु सञ्चालनमा छन् । ३० वर्ष देखि ट्रेक्टर आयात तथा बिक्री गर्दै आएको यस समूहले हाल आएर न्यूहोल्याण्ड ब्राण्डका ट्रेक्टर, कन्स्ट्रक्शन इक्युप्मेन्ट आयात गर्दै आएको छ ।
कपिल शिवाकोटीको संयुक्त लगानीमा स्थापित कम्पनी राशी अटोमोबाइल्सले विभिन्न मल्टीनेशनल ब्राण्डहरु ह्यान्डल गर्दै आएको छ । यसका डिलरबाट न्यू होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टका ब्याक्हुलोडर, सोइल कम्प्याक्टर , भाइब्रेटर रोलर, टेण्डम रोलर आदि इक्वीप्मेन्टहरु खरिद गर्न र बिक्री पछिको सेवा प्राप्त गर्न सकिने छ । नेपालभर १६ स्थानमा डिलरहरु स्थापना गर्ने तयारीमा रहेको राशीले हाल ९ स्थानमा डिलर सञ्चालनमा ल्याइसकेको छ ।
भारत पितमपुरमा अवस्थित फ्याक्ट्रीबाट उत्पादन हुने न्यूहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टहरु नेपालमा विगत ३ वर्षदेखि बिक्री वितरण हुँदै आएको छ । ५ सयभन्दा बढी ब्याक्हुलोडर र सोइल कम्प्याक्टरहरु नेपालमा सञ्चालनमा रहेका छन् ।

