रोयल इन्फिल्डकाे नयाँ माेटरसाइकल भाेलि नेपालमा सार्वजनिक हुने

काठमाडौं । रोयल इन्फिल्ड मेटोर-३५० नेपालमा सार्वजनिक हुने भएको छ । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर-३५० भोलि नेपालमा सार्वजनिक हुने भएको हो ।

रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइल्सले भोली मेटोर नेपालमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीका अनुसार भोली मेटोरको सार्वजनिक गरिने छ भने यसको विक्री केही समय पश्चात सुरु हुनेछ । यो मोटरसाइकल तीन भेरियन्टमा ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

मेटोर ३५० मा अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमि(डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्यूल च्यानल एबीएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ ।

विभिन्न तीन भेरियन्टको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top