तयार भयो महिन्द्राको इलेक्ट्रीक केयूभी–१००, यस्ता छन् विशेषता

भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले इलेक्ट्रीक माइक्रो एसयूभी ‘केयूभी–१००’ को प्रोटोटाइप रिभ्यू गरेको छ । महिन्द्राले इलेक्ट्रीक केयूभी–१०० लाई प्राथमिकताका साथ उत्पादन गर्ने उद्देश्यले प्रोटाेटाइपको रिभ्यू पुरा गरेको हो । 

हाल परिक्षण गरि रहेको महिन्द्रा इकेयूभी–१०० यही वर्षको अन्त्य वा २०२० को सुरुमै बजारमा आउने छ । यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने अटोकार इन्डियाले दाबी गरेको छ । 

इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १ सय २० किलोमिटरसम्म माइलेज दिने छ । यो गाडीको लेन्थ ३७ सय एमएम, वाइड १७ सय ३५ एमएम, हाइट १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ । 

लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० मूल्य ९ देखि १० लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ । 

आफ्नो पहिलो माइक्रो एसयूभीको रुपमा बजारमा बिक्री वितरण भइरहेको केयूभी -१०० लाई अर्को वर्षबाट नेपालमा पनि इलेक्ट्रीक कारको रुपमा ग्राहकले किन्न सक्ने अनुमान गरिएको छ ।


Back_to_top