रिकन्डिसन हाउसमा थुप्रिन थाले मोटरसाइकल, ४० हजारदेखि किन्न सकिने

काठमाडौं । काठमाडौंका रिकन्डिसन हाउसमा मोटरसाइकल तथा स्कुटर थुप्रिन थालेको छ । लामो समयसम्म रिकन्डिसन हाउसमा मोटरसाइकल तथा स्कुटर अभाव रहेको थियो ।

लकडाउन पश्चात मोटरसाइकल कम्पनीहरुले विभिन्न अफर ल्याएर नयाँ मोटरसाइकल विक्री गरे पश्चात रिकन्डिसन मोटरसाइकल अभाव भएको थियो । हाल विभिन्न कम्पनीले एक्सचेन्ज मेला लगाइरहेको छन् । यामाहा र टीभीएसले भृकुटीमण्डपमा नै मेला लगाएका थिए भने बजाज, होन्डा, सुजुकीले आफ्नो शोरुममा नै एक्सचेन्ज अफर ल्याएका छन् ।

यसले रिकन्डिसन बजारमा मोटरसाइकल तथा स्कुटर देखिन थालेका छन् । हाल बजारमा स्कुटरको उपलब्धता बढ्दै गएको ।

‘अहिले हामिसँग स्कुटर सबै मोडलका छन् भने मोटरसाइकल समेत प्रसस्त रहेको छ । अहिले ४० हजारदेखि ७ लाखसम्मका मोटरसाइकल उपलब्ध रहेको छ ।’, मध्यबानेश्वर स्थित एसएनबी इन्टरप्राइजेजका संचालक राजु शाक्यले भने ।

यस्तै मध्यबानेश्वरमा नै रहेको अधिकारी अटोज्का संचालक सरोज अधिकारी पनि प्रसस्त मोटरसाइकल उपलब्ध रहेको बताउँछन् ।
‘हामीसँग यामाहा एफजेड र बजाज पल्सर सिरिजका मोटरसाइकल र होन्डा डिओ स्कुटर स्टकमा रहेको छ । ६० हजार रुपैयाँदेखि २ लाखसम्मको मोटरसाइकल तथा स्कुटर ग्राहकले तत्कालै किन्न सक्छन्’, अधिकारीले भने ।

यस्तै बानेश्वरमा नै रहेको अन्य रिकन्डिसन हाउसहरुमा मोटरसाइकल तथा स्कुटर पाउन सकिन्छ । टीभीएस र यामाहाले भृकुटीमण्डपमा लगाएको एक्सचेन्ज मेलाबाट प्रसस्त मोटरसाइकल उढाएको संचालकहरु बताउँछन् ।


Back_to_top