यी हुन् मार्चमा भारतमा सर्वाधिक विक्री भएका १० कार

काठमाडौं । भारतीय बजारमा मार्च महिनाको कार विक्रीको तथ्यांक बाहिर आएको छ । अघिल्लो वर्ष २०२० मा कोभिड १९ को कारण कारको विक्रीमा उच्च गिरावट आएको थियो । तर, यो वर्षको मार्चमा पनि निकै राम्रो संख्या कार विक्री भएको तथ्यांक बाहिर आएको छ ।

मार्चमा फ्याक्ट्रीबाट डिलरकोमा पठाइएको कारको सूचीमा सबैभन्दा धेरै मोडल मारुती सुजुकीका छन् । सर्वाधिक सफल १० मोडलमा मारुती सुजुकीका ७ र हुन्डाईका ३ मोडल परेका छन् ।

मार्चमा सर्वाधिक विक्री भएको मोडल स्वीफ्ट भएको छ । कम्पनीले २१ हजार ७१४ यूनिट स्वीफ्ट डिलरकोमा पठाएको छ । दोस्रो स्थानमा बलेनो २१ हजार २१७ यूनिट, तेस्रो स्थानमा वागेनआर १८ हजार ७५७ यूनिट, चौथो स्थानमा अल्टो १७ हजार ४०१ यूनिट रहेको छ ।

सूचीको पाँचौ स्थानमा हुन्डाई क्रेटा परेको छ । क्रेटा १२ हजार ६४० यूनिट विक्री भएको छ । त्यसैगरि, छैटौ स्थानमा मारुती सुजुकी इको ११ हजार ५४७ यूनिट, सातौ स्थानमा डिजायर ११ हजार ३४३ यूनिट र आठौ स्थानमा मारुती सुजुकी कै भिटारा ब्रेजा ११ हजार २७४ यूनिट रहेको छ ।

सूचीको नवौं र दशौं स्थानमा हुन्डाई ग्राण्ड आई १० नियोस र भेन्यू रहेका छन् । यी दुई कारको विक्री क्रमशः ११ हजार २० र १० हजार ७२२ यूनिट रहेको छ ।


Back_to_top