ल्यान्डरोभर डिफेन्डरमा रिमोट कन्ट्रोल फिचर

ल्यान्डरोभरले आफ्नो चर्चित एसयूभी डिफेन्डरको २०२० मोडलमा रिमोट कन्ट्रोल प्रणाली जडान गर्ने भएको छ । अफरोड ड्राइभिङलाई सहज बनाउने उद्देश्यले डिफेन्डरमा रिमोट कन्ट्रोल फिचर उपलब्ध गराउन लागिएको बताइएको छ ।

कम्पनीको दावीलाई मानने हो भने नयाँ फिचरले यात्रालाई थप सुरक्षीत बनाउनुका साथै ड्राइभिङलाई सहज बनाउने छ ।  

डिफेन्डरमा उपलब्ध थ्रीडी स्काउट सिस्टमले इन्फोटेनमेन्ट सिस्टम सहितको टच स्क्रृनमा कारको अवस्थासँगै वरपरको वातावरणबारे समेत सूचना आउने छ । यसमा उपलब्ध एक्टीभिटी किले ड्राइभरलाई सचेत गराउनुका साथै कारलाई नियन्त्रणमा राख्ने जनाइएको छ । डिफेन्डरमा एडभान्स ट्राक्शन सिस्टम, क्लियर सफ्टवेयर, उच्च भिजिलिटीको सुविधा भएको क्यामरा, सेन्सर लगायतका सुविधा दिइएको कम्पनीले जनाएको छ ।

यो फिचरको अलवा डिफेन्डरमा अन्य कुनै परिमार्जन नहुने भएको छ । परिमार्जित डिफेन्डरमा पनि रेगुलर मोडलमा उपलब्ध २४ सय सीसी क्षमताको इन्जिन लगाइएको छ । यसले ३६० एनएम टर्क र १२२ बीएच पावर उत्पादनको क्षमता राख्छ । 

यसमा एबीएस, इबीडी, इएसपी, स्टेयरिंग एडजस्टमेन्ट, क्लाइमेट कन्ट्रोल, फोर एयरब्याग, रियर सिट बेल्ट लगायका विशेषता दिइएको छ । 


Back_to_top