काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले चर्चित एसयूभी डस्टरलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याउने भएको छ । लामो समयदेखि रग्ड डिजाइन र बजेटमैत्री एसयूभीको पहिचान बनाएको डस्टर फोर ह्वील ड्राइभ सिस्टमसहित इलेक्ट्रीकमा पनि आउने भएको हो ।
विश्व बजारमा डासिया ब्राण्डमा बिक्री हुँदै आएको एसयूभी भारतमा भने रेनो ब्राण्डमा बिक्री हुनेछ । अटोकारका अनुसार डस्टर ईभी सन् २०२७ मा लन्च हुनेछ ।
इलेक्ट्रीक डस्टर कम्पनीको ‘सीएमएफ बीईभी प्लेटफर्म’मा निर्माण हुनेछ । यसअघि तयार भएको पेट्रोलियम पदार्थबाट चल्ने डस्टर एसयूभी ‘सीएमएफ बी आर्किटेक्चर’मा बनेको हो ।
अहिले डस्टरमा प्रयोग हुन लागेको उक्त प्लेटफर्म ‘रेनो-निसान-मित्सुबिसी’को एलायन्सले विकास गरेको हो । डस्टर ईभी बन्ने सीएफएफ बीईभी प्लेटफर्मको मुख्य विशेषता भनेको ड्यूल मोटर र अल ह्वील ड्राइभ सिस्टम सपोर्ट गर्नु हो ।
रेनोले भारतीय बजारमा नयाँ जेनेरेशन डस्टर लन्च गर्ने योजना बनाइरहेको छ । कम्पनीले डस्टरलाई क्रमैसँग आईस, हाइब्रिड र ब्याट्री इलेक्ट्रीक अप्सनमा ल्याउन लागेको हो ।

