रेनोले ट्राइबरको ग्लोबल प्रिमियर, भदौ १० गते नेपालमा सार्वजनिक

रेनो इन्डियाले बुधबार आफ्नो ट्राइबर मल्टियुटिलिटी भेइकल (एमपीभी) को ग्लोबल प्रिमियर गरेको छ । फ्रेन्च कार उत्पादक कम्पनी रेनोले नयाँ दिल्लीमा आफ्नो चर्चित कार क्वीडको बेसमा बनेको एमपीभी सार्वजनिक गरेको हो । 

ग्लोवल प्रिमियरसँगै भारतीय बजारमा बिक्री सुरु भएको यो कार नेपाली बजारमा भदौ १० गते सार्वजनिक हुने अनुमान गरिएको छ । नेपालको लागि रेनोको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल्सका अनुसार नाडा अटो शो २०१९ मा ट्राइबर सार्वजनिक हुनेछ ।

५ र ७ सिटर अप्सनमा उपलब्ध हुने यो कार ५ स्पीड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । १.० लिटर ३ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम हुनेछ । 

सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेस्ट ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । सो कार इन्ट्रिलेभल ह्याचब्याक क्वीडमा आधारित रहेको छ ।

ट्राइबरमा फ्रन्ट डुअल एयरब्यग, हाइ स्पीड वार्निङ, रिभर्स पार्किङ सेन्सर, एबीएसलगायत सुरक्षा विशेषता दिएको छ ।


Back_to_top