एक जना मात्र चढ्न मिल्ने ‘रेनो ट्वीजी’ (भिडियोसहित)

रेनोले अटो एक्स्पो २०२० मा ट्वीजी नामक एक सीटे कार प्रदर्शन गरेको थियो । फ्रान्सेली कार निर्माता कम्पनी रेनोले भारतमा रहेको डेलिभरी सर्भिस कम्पनीलाई मध्यनजर गर्दै यसलाई भारतमा बिक्री वितरण गर्नेछ ।

यसलाई कम्पनीले भारतीय बजारमा ल्याउँदा कसरी कम मूल्यमा ल्याउन सकिन्छ भनेर काम गरिरहेको बताएको छ ।

अटो एक्स्पोमा प्रर्दशन गरिएको ट्वीजीलाई कार्गो भर्सनको रुपमा यसको फ्रन्टमा स्टोरेज स्पेस दिइएको छ । यसमा मुख्य सुरक्षा फिचरको रुपमा माथि खुल्ने ढोका, एयरव्याग, सिटबेल्ट दिइएको छ ।

फ्रेन्च कार निर्माता कम्पनी रेनोले यसलाई क्वाटरसाइकलको रुपमा परिभाषित गरेको छ । यूरोपीयन बजारको लागि निर्माण गरिएको ट्वीजीको तुलनामा भारतमा बनाइने ट्वीजीमा केही फिचर परिवर्तन हुने जनाइएको छ ।

रेनो ट्वीजी एक पुर्ण इलेक्ट्रीक सवारीसाधन हो । यसले १३ किलोवाट पिक पावर तथा ५७ एनएम पिक टर्क प्रदान गर्ने यो गाडीको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले एकपटकको फुलचार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसको फ्रन्टमा ३१ लिटरको स्टोरेज स्पेस रहेको छ । यसलाई एकपटक फुलचार्ज गर्न ३ घन्टा ३० मिनेट समय लाग्छ ।


Back_to_top