काठमाडौंमा रात्रीबस संचालनमा जुट्यो महानगर, बैशाखबाट होला सुरु

काठमाडौं । उपत्यकालाई जागा बनाउँदै लान काठमाडौं महानगरले २०७७ को नयाँ बर्षसँगै रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारीलाई तीब्र बएको छ ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सरोकारवाला निकायका अधिकारीहरुलाई चाँडोभन्दा चाँडो आवश्यक काम पुरा गर्न आग्रह गरेका छन् । बुधबार महानगरको सभा कक्षमा आयोजना गरिएको ‘काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात र ट्याक्सी सेवा सञ्चालन’ बिषयमा सरोकारवाला कार्यालयसँगको बैठकमा मेयर शाक्यले यस्तो आग्रह गरेका हुन् ।

‘यो सजिलो काम होइन । २०६९ सालमा पनि प्रयोग गरिएको थियो । अहिले समय र समाज फेरिएको छ । सहरलाई रातमा पनि जागा बनाउँदै लैजान र यातायात प्रणालीलाई विस्तार गर्दै लैजान आवश्यक छ । रात्रीकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गर्छ, त्यसमा थपेर व्यवसायीलाई सेवा बढाउन प्रेरित गर्नुपर्छ ।’ मेयर शाक्यले भनेका थिए ।

शुरुवातमा हामी कम्तीमा १५ वटा रुटमा ६० वटा सवारी साधनबाट सेवा सञ्चालन गर्न सक्छौं । यसका लागि सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनुपर्छ । रिमालको माग थियो ।

सेवा शुरु गर्दा पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गर्ने बिषयमा बैठक केन्द्रीत थियो । पहिलेको १८ महिना रात्री सेवा सञ्चालनको अनुभव हामीसँग छ । त्यसको सिकाइलाई उपयोग गरेर दिगो सेवा व्यवस्थापनको काम गरौं’, शाक्यले भने ।

बैठकमा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगनबहादुर हमालले, साँझ वा त्यसपछिको समयमा मानिसहरु बाहिर निस्कने वातावरण तयार गर्दै सवारी सञ्चालनलाई यससँग जोड्नु पर्ने बताएका थिए ।

‘प्रस्ताव सकारात्मक छ, रात्रीकालीन सेवा सञ्चालन गर्नुको विकल्प छैन, यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ’ हमालले भने ।

काठमाडौंका मानिसहरु चाँडै घर फर्कन्छन् । यहाँको सामाजिक परिवेश नै त्यस्तै छ । बैठकमा बोल्दै काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने ‘रात्रीकालीन बजार चलाउँदै जाने, सडकमा पर्याप्त प्रकाशको व्यवस्था गरिदिने कामलाई पनि सँगै लैजाने योजना अघि बढाउनुपर्ने छ ।’

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले रात्रीकालीन व्यवसायलाई प्रबर्धन र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताएका थिए ।

बिगतमा अभ्यास गरियो । अबको थालनी चाहिँ दिगो हुने गरी गर्नुपर्छ । बैठकमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष धर्मराज रिमालले भने ‘ अनुदान दिएरभन्दा भाडा दरमा वृद्धि गरेर सेवालाई दिगो बनाउन सकिन्छ ।’

शुरुवातमा हामी कम्तीमा १५ वटा रुटमा ६० वटा सवारी साधनबाट सेवा सञ्चालन गर्न सक्छौं । यसका लागि सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनुपर्छ । रिमालको माग थियो ।

बैठकले रात्रीकालीन यातायात सेवा सञ्चालन तथा व्यवस्थापन गर्न महानगरको सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधि रहने कार्यदल पनि गठन गरेको छ । यसको सदस्यमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय, यातायात व्यवस्था बिभागलगायत कार्यालय र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलगायत संघ संगठनका प्रतिनिधिलाई सदस्य राखिएको छ ।


Back_to_top