राती चल्ने ट्याक्सीमा जिपीएस सिस्टम जडान हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा चल्ने रात्रीकालीन प्रिपेड ट्याक्सीमा जिपीएस जडान गरिदिने भएको छ । महानगरले रातीको समयमा कहिले यात्रुको कारण त कहिले चालकका कारण घट्ना घट्ने गरेको भन्दै ट्याक्सीमा जिपीएस सिस्टम जडान गरिदिन लागेको हो ।

‘काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात र ट्याक्सी सेवा सञ्चालन’ बिषयमा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले महानगरमा संचालन हुने सवारीसाधन र यहाँका नागरिकको सुरक्षा दुबै विषयमा आफुहरु सजग भएको भन्दै सार्वजनिक सवारीसाधनमा जिपीएस सिस्टम जडान गर्न महानगरले सहयोग गर्ने जनाएका हुन् ।

उपत्यकामा राती चल्ने ट्याक्सीमा बेलाबखत विभिन्न किसिमका घटना घट्ने गरेकोले त्यसको निगरानी र यस्ता घट्नालाई निरुत्साहित गर्न जिपीएस जडान गर्न लागिएको हो ।


Back_to_top