काठमाडौं । फ्रेन्च अटोमोबाइल निर्माता रेनोले पनि ह्याचब्याक विद्युतीय सवारी (ईभी) उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०२४ सम्म इन्ट्री लेभल ह्याचब्याक ‘ईभी रेनो-५’ मोडलको कार विक्री सुरू गर्ने जनाएको हो ।
रेनोले सो कार सन् २०२१ को इवेज इलेक्ट्रोपप इभेन्टमा रिभिल गरेको थियो । रेनो-५ मोडल रेनोको सन् १९७० को दशकमा चर्चित मोडल आर ५ मोडलबाट प्रभावित भएको कन्सेप्ट हो । यसमा ट्रेडिसनल डिजाइन एलिमेन्टमा मोर्डन फिचरहरूको समिश्रण हुनेछ ।
रेनो ५ लाई फ्रेन्च कारको रूपमा प्रस्तुत गरिनेछ । यो ईभीको रियर भ्यू मिररमा फ्रेन्च झण्डा इम्बोस्ड गरिएको छ । साथै रियर लोगोमा, ह्वीलमा तथा साइड ग्रिडमा फाइभ ९५० को सिम्बोल मार्क गरिएको छ । सहरी क्षेत्रमा चलाउन सजिलो होस् भन्नका लागि यसको डायमेन्सन क्यूट साइजको एक सिटी कारको रूपमा रहेको छ ।
रेनोले ब्याट्री सप्लाइका लागि एलजीसेम तथा एनभिजन ईएएससीसँग सम्झौता गरिसकेको छ । रेनोले आफ्नो पार्टनर कम्पनी निसानले पबद्र्धन गरेको एनभिजनबाट ग्रुपको प्ल्याटफर्म सीएमएफ–बीईभीका लागि प्राक्टिकल तथा अफोर्डेबल सोलुसन पाउने दाबी गरेको छ ।

यसको लागि कम्पनीले फ्रान्समै ब्याट्री उत्पादन गर्ने भएको छ । यो ब्याट्रीको कार्बन फुटप्रिन्ट रेनोको जोए तथा कङगुमाभन्दा ३५ प्रतिशतले कम हुने बताइएको छ । रेनो-५ ले रेनोको पुरानो ईभी मोडल जोएलाई रिप्लेस गर्ने अनुमान गरिएको छ ।
रेनो-५ मा जोएको भन्दा धेरै एड्भान्स रहनेछ । यसमा फास्टर चार्जिङ टाइम, धेरै रेन्ज तथा मोर्डन इन्टेरियर तथा एक्टेरियर डिजाइन रहेको छ । रेनो निसानको सीएमएफ बीईभी प्ल्याटफर्ममा बनेको यो ईभीको लम्बाइ ३.९० देखि ४.२० मिटरको बीचमा हुनेछ ।

रेनो-५ मा हाइभोल्टेज ५० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले ४०० किलोमिटर सम्मको रेन्ज दिनेछ । यो ब्याट्रीप्याकको उत्पादन लागत प्रतिकिलोवाट आवर ८५ डलरभन्दा कम हुने अनुमान गरिएको छ । यो कारमा नेक्स्ट जेनेरेशन इलेक्ट्रीकल्ली एक्साइडेड सिङ्क्रोनियोस मोटरको प्रयोग हुनेछ । २५ हजार डलरभन्दा कम मूल्य हुने अनुमान गरिएको रेनो-५ ले फक्सवागेनको आईडी २, निसानको माइक्रा इलेक्ट्रीकसँग प्रतिस्पर्धा हुनेछ ।

