काठमाडौं । रोयल इनफिल्ड हिमालयनले बहुप्रतिक्षित मोडल ‘रोयल इनफिल्ड ४०० कोब्रा’ सार्वजनिक गर्ने भएकाे छ । भारतीय ग्राहकलाई मध्यनजर गर्दै बजारमा ल्याउन लागिएकाे यो बाइकको डिजाइन प्रख्यात अटोमोटिभ डिजाइनर ओर्बेर्डन बेजीले गरेका हुन् ।
यो बाइक अफराेड यात्राकाे लागि उपयुक्त हुनेगरी निर्माण गिरएकाे छ । एनालग तथा डिजिटल डिस्प्लेका साथै ब्लाक बिजल, ट्वीन पोड इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
बाइकमा रोयल इनफिल्डक क्लासिकमा लगाइएको जस्तै पेट्रोल ट्याङ्क दिइएको छ । इनफिल्ड ४०० कोब्रामा लेदर सिट लगाइएको छ भने, स्पोर्टी लुक्समा निर्माण भएको छ ।
४११ सीसी इञ्जिन क्षमताको सिङ्गल सिलिन्डर इञ्जिनका साथै एयर कुल्ड इञ्जिनको प्रयोग गरिएको यो बाइकमा मल्टी स्पोक ह्वीलवेशमा आधारित रहेर निर्माण गरिएको छ ।
यसमा सार्प एन्ड सिल्क स्पोर्ट लिड लाइट्सको प्रयोग गरिएको छ । रोयल इनफिल्ड हिमालयनले एग्रेसिप लुक्समा निर्माण गरेको यो बाइकले भारतमा राम्रो बजार पकड्ने अनुमान गरिएको छ । मोटोस्केचबाट